
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्ड बस्ने अन्दाजी ४५ वर्षीय नरमादेवी ठगुन्ना रहेको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् । उनको खर काट्ने बेला भीरबाट लडेर ज्यान गएको हो ।

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको उनले बताए । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन वर्ष अगाडि मृत्यु भइसकेको बताइएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58