धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु भएकी महिलाको आवश्यक छानविन गर्न माग गरिएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा अध्यनरत विद्यार्थीहरुले मान्छे मार्न पाउदैन चिकित्सक माथि छानविन हुनु पर्ने भन्दै मंगलबार बिहान धनगढीमा प्रर्दशन समेत गरेका हुन् ।
उनीहरूले नवजिवन अस्पताल तथा डाक्टरहरूको लापरबाहीले मल्लको ज्यान गएको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । ‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दावाद’, ‘मेडिकल माफिया मुर्दावाद’ जस्ता नारा लगाएका उनीहरूले केहीबेर सडक समेत अबरुद्ध पारेका थिए ।
अस्पतालमा कडा सुरक्षा धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीसंगै सशस्त्र समेत परिचालन गरिएको प्रशासनले जानकारी गराएको छ ।
उनिहरुले सुदूरपश्चिमको मुख्य मन्त्री कार्यालय अगाडी केहि बेर नाराबाजी समेत गरेका हुन् । शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो।
महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको विद्यार्थीहरुले बताउका छन् । तर चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिइसकेको छ । कल्पनाको मृत्यु भएको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन ।