
सेती प्रादेशिक अस्पतालले प्रयोगशालाको स्तरोन्नती गरी सेवा विस्तार गरेको छ। आफ्नै प्रयोगशाला भवनमा नयाँ मेसिन राखेर विभिन्न रोगको परीक्षण गर्न सुरु गरिएको हो।

मुटुरोग, क्यान्सर, डायबिटिज लगायत अन्य रोगको परीक्षण सुरु भएको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।
सेती अस्पतालले सञ्चालनमा ल्याएको प्रयोगशालामा कम शुल्कमा परीक्षण हुने भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ। यस अघि पनि सेती प्रादेशिक अस्पतालले आफ्नो प्रयोगशालाबाट विभिन्न परीक्षण गर्दै आएको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02