
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका -३ गोरुङ्गेमा लम्कीबाट चिसापानीतर्फ आउँदै गरेको लु ६८ प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार घाइते हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ का २८ वर्षीय एधेल न्यौपाने र ३२ वर्षीय लक्ष्मण तिमल्सेना रहेका छन्।

घाइते दुबैलाई उपचारका लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53