सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहीबार२२ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १८३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन् ।
यस्तै अस्पतालमा हाल ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।