भारतवाट कैलाली प्रवेश गर्नका लागि जिल्ला प्रशासनले तोक्यो मापदण्ड 
2021/10/01, 10:55
 
dd

नेपालीहरुको महानचार्ड दशै तिहार नजिकिदै जादाँ रोजगारीका लागि भारतमा रहेकाहरु आफ्नो जन्मथलो फर्किन थालेका छन् । अहिले सिमा नाकाहरुमा नेपालीहरुको लर्को नै लाग्ने गरेको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा भित्रिनेहरुका लागि बिभिन्न मापदण्डहरु तोकेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै कैलालीको त्रिनगर र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट आउन दिने र यसका लागि आवश्यक मापदण्डहरु तोकेको हो । कैलाली भित्रिरहेका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिए एन्टिजेन परीक्षण गरी नेगेटिभ आए मात्र नेपाल प्रवेश गर्न दिइने छ ।

यसैगरि विदेशबाट नेपाल आगमन हुने, नेपाल प्रस्थान गर्नेहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ बमोजिम हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । भारतीय नागरिकको हकमा नेपाल प्रवेश गर्दा ७२ घण्टा भित्र आरटी पीसीआरबाट कोरोना परीक्षण गरिएको नेगेटिभ रिपोर्टसहित अनलाइन फाराम भर्नु पर्ने जनाइएको छ ।

कोरोना नेगेटिभ रिपोर्ट आएमामात्रै प्रवेश गर्न दिइने जनाइएको छ । कोरोनाका जोखिमलाइै मध्यनजर गर्दै सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले हेल्प डेस्क स्थापना गरेर प्रवेशमा सहजीकरण गर्नु पर्ने प्रशासनले जनाएको छ ।