सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
2021/10/01, 9:55
 
ss

सुदूरपश्चिम प्रदेश सभाको आठौं अर्थात बर्खे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले शुक्रबारराति १२ बजेदेखि लागू हुने गरी आठौं अधिवेशन अन्त्य गरेका हुन । प्रदेश सभाको आठौं अधिवेशन २०७८ जेठ २१ गतेबाट सुरु भएको थियो । यो अधिवेशन सात वटा विधेयक पारित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार आठौं अधिवेशनमा सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७, सुदूरपश्चिम प्रदेश वातावरण अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । यो अधिवेशनमा दर्ता भएका तीन वटा विधेयक भने प्रक्रियामा रहेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।