
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर बिधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा दश, जिल्ला अस्पताल बैतडीमा पाँच, महाकाली र डडेल्धुरा अस्पतालमा दुईरदुई जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा पाँच र दार्चुलाका दुई जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सो अवधिमा प्रदेशभर २६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन् । यसअघि बिहीबार यस प्रदेशमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ३९ जना सङ्क्रमणमुक्त भएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53