
सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ ।

आज मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए । यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरियो । लगाताररूपमा धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ । तीन पटक गएको भूकम्पले भने कुनै क्षति गरेको छैन ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53