गंगा भण्डारी- भागरथी चौधरी धनगढी उपमहानगरपालीका वडा नम्बर १२ कमैया शिवीरमा बस्छिन । उनि उमेरले झण्डै ३८ वर्ष पुगिन । उनका दुई छोरा र एक छोरी छन् । जेठो छोराले भने भरखरै बुहारी ल्याएको छ । नेपाल सरकारले वि.सं २०५७ सालमा कमैयाहरुलाई मुक्त गर्यो । त्यसपछि सरकारले सो शिवीरमा मुक्तभएका कमैयाहरुका लागि जग्गा उपलब्ध गराएर बसालेको हो । सोही समयदेखि उनि पनि त्यसै शिबीरमा बस्न थालेकी हुन । उनको सानै उमेरमा बिवाह भयो । बिवाह भएको ५ वार्षमै उनका श्रीमानको मृन्यू भयो । श्रीमान हुँदा श्रीमानले मजदुरी गरेर परिवार पाल्ने गर्थे । श्रीमानको मृत्युपछि भने उनको जीवन अन्धकार भयो । तीन जना छोराछोरी पाल्ने जिम्मेवारी उनकै काधमा आयो । साँझ बिहानको छाक टार्न निकै समस्या थियो । कति दिन त उनले भोकभोकै बस्नु पर्यो । बिगतका कुरा सम्झीदा अझैपनि उनका अाँखा रसाएर आउछन् ।
उनको दुःख देखेर एक जना चिनेको दाईले उनलाई रोजगारीका लागि बिदेश जान सल्लाह दिए । उनि पनि हुन्छ भनेर विदेश जानका लागि तयार भईन । साना छोराछोरीलाई एक्लै छोडेर जानु उनका लागि सजिलो भने कहाँ थियो र । तर बाध्यताले उनले जानु पर्यो । ऋिण सापटी गरेर उनि घरेलु कामदारको रुपमा कुँवेत गईन । त्यहाँ गईसकेपछि उनको झनै दुःखको दिन शुरु भयो । बच्चा मात्रै हेर्नु पर्छ भनेर पठाईए पनि उनले त्यँहा घरको सबै काम गर्नु पर्थ्यो । काम गर्दागर्दै पनि घर मालिकले उनलाई गाली गर्ने, पिट्ने समेत गर्न थाले । भाषा पनि नबुझ्ने र उनको खुट्टामा पनि समस्या भएकाले उनले झनै समस्या भोग्नु पर्यो । उनको एउटा खुट्टा अलि मसिनो सुकेको जस्तो छ र हिड्न अलि समस्या आउने गर्छ । उनि दुई वर्षका लागि भनेर गएकि थिईन तर उनि त्यहाँ बस्न सकिनन् । उनले नौ महिना मात्रै त्यँहा काम गरिन ।
उनले एक दिन घरमालिक नभएको मौकामा नेपालबाट आफुलाई कुँवेत पठाउने मेनपावर कम्पनिमा सम्पर्क गरिन र आफुलाई काम गर्न निकै गाह्रो भएकाले अब त्यँहा बस्न नसक्ने कुरा सुनाईन । तर घरमालीकले त्यो कुरा थाहा पाए र उनलाई शरिरमा लगाएको एक जोर लुगाबाहेक केहि पनि नदिएर त्यँहाबाट निकाली दिए । उनले फेरी मेनपावर कम्पनिमा सम्पर्क गरिन । र आफुलाई जसरी भएपनि छिट्टै नेपाल फर्काई दिन अनुरोध गरिन । तर मेनपावर कम्पनिबाट जति समयका लागि भनेर गएको हो त्यो समयसम्म बस्नै पर्ने भन्ने जवाफ आयो । उनले आफु अलपत्रमा परेको र मिल्ने भए अर्कै काममा लगाई दिन निकै अनुरोध गरिन । र मनेपार कम्पनिले उनलाई अर्कै घरमा घरेलु काममै लगाई दियो ।
त्यँहा भने उनलाई राम्रै थियो । त्यँहा उनले दुई वर्ष काम गरिन । यसरी उनि तीन वर्ष नौ महिना कँवेतमा बसेर नेपाल फर्किईन । परदेशमा आफुले भोगेको समस्याका कारण उनि अब भने बिदेश नजाने नेपालमै केहि काम गरेर बस्छु भनेर नेपाल फर्किएकी थिईन । तर बिदेशमा कमाएको पैसा कति दिन सम्म पुग्थ्यो र । तीन बर्ष नेपालमा बस्दा पनि केहि काम नपाएपछि उनलाई फेरी बिदेशिनु पर्ने बाध्यता भयो र उनी फेरि कतार गईन । त्यँहा भने पहिलेको जस्तो समस्या भएन । काम गर्न पनि सजिलो नै थियो । उनी दुई वर्ष कतारमा बसिन र नेपाल फर्किईन । अहिले उनी नेपाल फर्केको चार वर्ष भईसकेको छ । तर कुनै पनि रोजगारी छैन । त्यसैमाथि उनको शारिरीक अवस्थामा पनि समस्या आएको छ ।
उनको एक्कासी टाउकोको सबै कपाल झरेको छ । उपचार गराउनका लागि पैसा नभएकाले उनी घरमै बस्नु पर्ने बाध्यता छ । उनि भन्छिन ः “सबैले क्यान्सर लागेपछि कपाल र्झछ जाँच गराउ भनेपछि यहिँ धनगढीको एउटा मेडिकलमा गएर जाँच गराए । त्यँहा गएर जाँच गर्दा सबै सामान्य छ भनेर पठायो । ठुलो अस्पतालमा गएर जाँच गर्न पैसा छैन के गर्नु ।” अहिले उनी कसैले सहयोग गर्छ कि भन्ने आशमा बसिरहेकी छिन ।