आगजनीपछिको मर्मत नहुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित
 
fff

आगजनी र तोडफोडपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ।
जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन, सचिवालय, समितिका कार्यालय र संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड हुँदा ९० प्रतिशत संरचना नष्ट भएको थियो।

मर्मत कार्य सुरु नभएकाले बैठक कहिले बस्ने टुंगो नलागेको सभामुख भीमबहादुर भण्डारीले बताए।उनका अनुसार मर्मतबिनाको विकल्प नभएकाले बैठक तिहारपछि मात्र सम्भव देखिएको छ।

आगजनी र तोडफोडबाट १२ करोड रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ,जसमा सवारीसाधन, डिजिटल बोर्ड, फर्निचर र अन्य उपकरणसमेत जलेर नष्ट भएका छन्।