सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सामाजिक क्षेत्रः ‘विगतकै निरन्तरतामा कनिका छराई’
2020/06/16, 6:32
 
bughet

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेटमा सामाजिक क्षेत्रलाई कुनै प्राथमिकतामा राखिएको छैन । चालु आर्थिक बर्षभन्दा धेरै बजेट कटौती भएको छ । सामाजिक कुरुति तथा विसंगति हटाउनका लागि सञ्चालन गर्नुपर्ने कार्यक्रमहरुलाई पनि हटाईएको छ । 

आर्थिक र सामािजक रुपमा पछाडी परेका महिलाको क्षमता विकास, रोजगारी र आयआजर्न मार्फत विकासको मूल प्रवाहमा समाहित गर्न महिला सशक्तीकरणको कार्यक्रमलाई ८८ वटै पालिकामा संञ्चालन गर्नका लागि ५ करोड ११ लाख, अल्पसंख्यक, सीमान्तकृत र पिछडिएका वर्ग तथा समदायको आर्थिक उपार्जन गर्न जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न दलित सशक्तीकरण कार्यक्रमको लागि १ करोड ४० लाख,  “सानै छु म बढ्न देउ, बाल विवाह होइन पढ्न देउ” भन्ने नाराका साथ वालविवाह अन्त्य गर्न प्रदेश सभा सदस्य, स्थानीय तहका पदाधिकारी, सामािजक संघ संस्था, गैरसरकारी संस्थाको समेतको संलग्नतामा अभियान संचालन गर्न कार्यक्रमलाई थप विस्तार गरी बझांग, बाजुरा, अछाम र दाचुर्लाका सबै स्थानीय तहमा विस्तार गर्नका लागि १ करोड ६० लाख बजेट विनियोजन भएको छ । 

“एउटै श्रृष्टि, समदृष्टि“ भन्ने नारा सहित समाजमा रहेका महिला हिंसा, छाउपडी प्रथा, बोक्सी प्रथा, जातीय भेदभाव उन्मूलन गर्न सामािजक रुपान्तरणका साथै बझांग, बाजरा, अछाम र दार्चुलाका सबै पालिकाहरुमा बालविवाह र छाउपडी प्रथा विरुद्धको अभियान संचालन गर्न २ करोड ५७ लाख ७६ हजार, विपन्न परिवारमा नयाँ जन्मिने बालिकाको लिंगको आधारमा हुने विभेदको अन्त्य गर्दै सम्मानित जीवन र बाल अधिकारको सुनिश्चितता गर्न बालिका स्वास्थ्य बीमा  कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले सम्पादन गर्ने सामािजक क्षेत्रसँग सम्बन्धित कायर्हरुलाई थप व्यविस्थत र प्रभवकारी बनाउन आगामी आर्थिक वर्षमा ९ वटै जिल्लामा सामािजक विकास कार्यालयहरुरु स्थापना गर्न कायार्लयहरुको संचालन तथा व्यवस्थापन खचर्का लागि २ करोड ७० लाख, गर्भवती महिला, दुर्घटनामा परेका व्यक्ती र अन्य विरामीलाई नियमित र आकस्मिक रुपमा आवश्यक पर्ने रगत नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाबाट निःशुल्क आपुर्तिको व्यवस्था गर्न सोसाईटीलाई आवश्यक पर्ने पूवार्धार निर्माणका लागि अनुदानको व्यवस्था, आगामी आर्थिक वर्षमा व्यवसायिक सीप विकास तालिम केन्द्र मार्फत २५ सय ७७ जना व्यक्तीलाई विद्युत जडान, मसिन, पम्बिंग, केश श्रृंगार, सिलाई कटाई, मोटरसाईकल मर्मत, ईलेक्टोनिक्स तथा मोटरसाईकल मर्मत, कार्पेन्टर, फेशन डिजाईन, हाते कडाई, अल्मुनियम फ्याटर, वेल्डिंग, नेल आर्ट तथा मेहन्दी, डल तथा कुशन, हाते होिजयारी, सिलाई मेसिन मर्मत र तरकारी खेती सम्बन्धी तालिम प्रदान गर्न ४ करोड ३ लाख,  कार्यस्थलमा कामदारको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी र्पिशक्षण, परामर्श तथा उत्कृष्ट श्रमिक उद्यमी पहिचान गरी पुरस्कृत गर्ने कार्यका लागि लागि आवश्यक बजेट विनियोजन गरिएको बजेटमा समावेश गरिएको छ ।