
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नर बहादुर नेगी निर्वाचित भएका छन् । धनगढीमा आज सम्पन्न संघको १६ औँ वार्षिक साधारण सभा तथा ८ आठौँ अधिवेशनले अध्यक्ष नेगी सहित सम्पूर्ण कार्य समिति निर्विरोध चयन गरेको छ ।

यसै गरी संघको वरिष्ठ उपाध्यक्षमा निम प्रसाद मिश्र, उपाध्यक्षमा बिबेकानन्द ठाकुर, सचिवमा कृष्ण प्रसाद पण्डित र कोषाध्यक्षमा घनश्याम ओझा निर्विरोध चयन भएका छन् ।
त्यस्तै संघको सदस्यहरूमा वासुदेव रेग्मी, गौबिन्द प्रसाद अवस्थी, अनिल झा, इशु आचार्य र पुष्पा ऐरी निर्वाचित भएको निर्वाचन अधिकृत मोहन भण्डारीले बताए ।

यस अघि निवर्तमान अध्यक्ष भीम पडालको अध्यक्षतामा भएको संघको साधारण सभाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/24, 7:05
2021/07/22, 11:30
2022/04/14, 1:51
2023/05/10, 10:00