भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल आएका १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनको अवधिमा भारतबाट गौरीफन्टा नाका भएर फर्किएका एक सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।
शनिबारदेखि मंगलबारसम्म भारतका विभिन्न शहरबाट फर्किएका एक हजार ८ सय जनाको ‘एन्टिजेन’ विधिबाट कोरोना परिक्षण गरिएको थियो । त्यसमा एक सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई धनगढी स्थित बेलीमा रहेको आईसोलेशनमा पठाउने गरिएको छ । तर उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य भारतबाट फर्किएकाहरु भने सिंधै सोझै घर गइरहेका छन् ।
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/17, 3:17
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2023/06/21, 3:18
2020/09/03, 7:47
2021/02/20, 9:27
2021/09/21, 11:04
2023/06/24, 11:05