इष्टु कैलालीको सातौँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा इन्द्रमणि अवस्थी
2025/05/10, 8:26
 
Y

इष्टु कैलालीको सातौँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिक्षक इन्द्रमणि अवस्थीको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको हो ।

इष्टु जिल्ला कार्य समिति कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा लामो समयदेखि शैक्षिक, राजनैतिक, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । साथै, २०८२ सालको कक्षा ८ को धनगढी नगरस्तरिय परीक्षामा ४.० जिपिए हासिल गर्न सफल विद्यार्थीहरुलाई समेत सम्मान प्रदान गरिएको छ ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरुले संस्थागत विद्यालयका शिक्षकहरुले देशको शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको र अझै संगठित भएर उच्च स्थान प्राप्त गर्न सक्ने बताएका थिए ।

कार्यक्रम इष्टुका निवर्तमान केन्द्रीय सदस्य तिर्थराज अवस्थीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने पुष्प ओझाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको आकर्षणमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत रहेका थिए ।