
सेती प्रादेशिक अस्पताल धनगढीमा २ हजार चार सय जनाले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । १२ देखी १८ वर्ष उमेर समूहका व्यक्तिले फाइजर खोप लगाएका हुन् ।

तर पर्याप्त मात्रामा खोप नआएकाले बालबालिकालाई सुलभ रूपमा खोप लगाउन समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । कात्तिक २८ देखि मंसिर २ सम्म १ हजार ३ सय ७ पुरुष र १ हजार ९३ गरी २ हजार ४ सय जनाले फाइजर खोप लगाएको सेती प्रादेशिक अस्पतालकी सिनियर अनमी निरीक्षक भगवती बडालले बताइन् ।
‘दीर्घरोगी, बालगृहमा रहेका बालबालिका र अन्य बालबालिकालाई कोभिड–१९ विरुद्धको पहिलो खोप लगाइएको हो,’ उनले भनिन्, ‘दोश्रो डोज मंसिर २७ देखि पुस २ गतेसम्म लागाइने छ ।’ पर्याप्त मात्रामा खोप नआएपछि धेरै बालबालिका खाेप लगाउनबाट छुटेकाले खोपको संख्या बढाउन उनले सरकारसँग आग्रह गरिन् ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52