
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, ३ जना गम्भीर घाइते भएका छन्। नम्बर नखुलेको अनटेस्ट मोटरसाइल, से ६ प ६९० नम्बरको अर्का मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका वडा नम्बर १ को बेलकोटा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा वडा नम्बर १ का अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै घाइते हुने सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको प्रहरीले बताएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46