
कैलालीमा एक घण्टाको लागि खुलाएको पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध गरिएको छ । घोडाघोडीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक वसन्तराज शर्माको मृत्यु भएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग एक घण्टाको लागि सुचारु गरेको थियो ।

आइतबार बिहानदेखि सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दे १ घण्टाका लागि सडक सुचारु गरेको भए पनि पुनः स्थानीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख सागर बोहराले जानकारी दिए । उनको खोजी कार्य भइरहेको बताइएको छ ।
शनिवार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोके बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52