
कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।
नाम र ठेगाना नखुलेका र अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले साेमबार विहान साढे ३ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46