कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो
2021/11/29, 11:03
 
ss

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको पूर्वपश्चिम राजमार्ग खुलेको छ। सोमबार बिहान गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट सोही ठाउँका पैदल यात्रु अन्दाजी १९ वर्षीय नरेश देउवाको मृत्यु भएको थियो। 

सोही विषयमा आवश्यक क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही गर्नुपर्ने माग राख्दै आक्रोशित स्थानीय र मृतकका आफन्तले स्याउलेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। यस्तै ट्रककै ठक्करबाट शनिबार घोडाघोडी नगरपालिका ५ डोकेबजारमा मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि सुख्खडमा पनि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। 

दुवै घटनाका दोषीलाई कानून अनुसार कारबाही गरिने र मृतकका आफन्तलाई नियमअनुसार क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग खुलाइएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।