
कैलालीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। सोमबार कैलालीको लम्कीचुहा १० चुहामा बा.१६च ४०५५ नम्बरको कार र से १ प ८०८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन्।

मोटरसाइकल चालक गुरुप्रसाद चौधरी र कारमा सवार सुनिल सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।चौधरीलाई कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ भने कारमा सवार सार्कीको सुख्खडमा उपचार भइरहेको प्रहरीले बताएको छ।
कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र कार चालक फरार रहेको प्रहरीले बताएको छ। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36