
भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि सीमानाका जोडिएको बैतडीमा उच्च सतर्कता अपनाउन थालिएको छ।

सीमा नाका झुलाघाटमा कोरोना चेकजाँचलाई थप प्रभावकारी बनाउने हिसाबले काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
झुलाघाट नाकामा पहिलादेखि नै हेल्थ डेस्क सञ्चालनमा रहेको र त्यसलाई अझै प्रभावकारी बनाइने उनले बताए।

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिएका छन्। स्वास्थ्यका मापदण्ड पालना नगरे महामारी फैलिनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52