कैलालीको धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । मंसिर १६, १७ र १८ गतेसम्म धनगढीको ओम प्यालेस चल्ने प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको सुदूरपश्चिम अधिवेशन प्रचार–प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिएका छन् ।
जस अन्तरगत सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका प्रदेश प्रतिनिधिहरुको आवासका लागि स्थानिय बिभिन्न होटेल तथा लजहरुमा १ हजार बेडको ब्यबस्थापन भईसहेकोको संयोजक सुनारले जानकारी दिए ।उनका अनुसार मन्च ब्यबस्थापन, ब्यानर,झण्डा, पोष्टर मम्पेलेट, स्वयम् सेवक परिचालन र प्रचार–प्रसार लगायत सबै तयारी भईसकेको छ ।अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लाबाट ९ सय ७२ जना प्रदेश प्रतिनिधिहरु मतदाताका रुपमा रहेका छन् ।
यस्तै अधिवेशनको आज दिउँसो २ बजे प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम सुदुर पश्चिम प्रदेश अधिवेशन प्रचार प्रसार समितीले जनाएको छ ।
यस्तो छ,अधिबेशनको आजको कार्यतालिका
बिहान ८ः३०बजेः सहभागीको दर्ता (अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, कन्चनपुर, दार्चुल्ला डोटी जिल्ला मात्र )
दिउँसो १२ः०० बजेः सहभागीको दर्ता (कैलाली जिल्ला मात्र )
दिउँसो १ः३० बजेः उदघाटन कार्यक्रम प्रारम्भ
दिउँसो २ः०० बजेः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेरबहादुर देउवाद्धारा उद्घाटन