सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सोडारीद्वारा सडकको अनुगमन
2021/12/02, 4:54
 
aa

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले दार्चुलाको खलंगा–खार–देथला सडक खण्डको स्थलगत अनुगमन गरेका छन । प्रदेश गौरवको योजनाअन्र्तगत रहेको खलंगा–खार–देथला सडक खण्डको बिहीबार मन्त्री सोडारीसहित प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेका हुन् ।

उक्त सडक साढे १६ करोडको लागतमा निर्माण भइरहेको पूर्वधार विकास कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार सडकको निर्माण सम्पन्न गर्न तीन वर्षे सम्झौता भएको छ । यो वर्ष साढे ८ किलोमिटर सडक खण्डको ग्राभेल गर्न साढे ३ करोड बजेट विनियोजन भएको खत्रीले बताए ।

सडक ग्राभेल गर्न सिएडी ग्वालेक जेभी सँग सम्झौता भएको छ । सदरमुका खलंगादेखि अहिले काटैसम्मको विभिन्न ठाउँमा सडक चौडा बनाउने तथा ग्राभेल गर्ने कार्य अघि बढेको छ । अनुगमनका क्रममा मन्त्री सोडारीले निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशनसमेत दिए । खलंगा खार हुँदै गोकुलेश्वर जोड्ने सडक निर्माणसम्पन्न पश्चात अहिलेको महाकाली लोकमार्ग भन्दा आधा कम सडक हुनेछ ।

यो सडकले महाकाली नगरपालिका, नौगाड गाउँपालिका, र शैल्यशिखर नगरपालिकालाई जोड्ने गर्दछ । मन्त्री सोडारीले सडक अनुगमन पछि सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै निर्माण कार्यलाई तिव्रता दिने गरी कार्य गर्न निर्देशन दिएको बताए । उनले दार्चुलाको त्रिदेशीय नाका व्याँसको विकासको लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताए ।