हिमालयन गौरीशंकर डेन्टलको दश बर्षः सुविधा सम्पन्न अस्पताल, अत्याधुनिक दन्त सेवा
2021/12/02, 5:23
 
dd

सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट दन्त सेवा सुरु गर्ने हिमालयन गौरीशंकर डेन्टल क्लिनिक १० बर्षमा प्रवेश गरेको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको सटरमा रहेको क्लिनिक ९ बर्ष पुरा गरेसँगै सुविधा सम्पन्न दन्त अस्पतालको रुपमा सञ्चालन थालिएको छ ।

अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा ल्याईएको सञ्चालक रतनकुमार एसकेले बताए । ९ औं बार्षिकोत्सवको अवसरमा आज उपचार गर्न आएका विरामीहरुलाई ४० प्रतिशतसम्म छुट गरिएको उनले जानकारी दिए ।

उनी सुदूरपश्चिममा दन्त उपचार सेवा ल्याउने पहिलो व्यक्ती पनि हुन् । डेढ दशक अघि भारतबाट फर्किएर रतनकुमारले सुरु गरेको दन्त उपचारको सेवा अब अस्पतालको रुपमा विकास भएको छ । सुरुवातका दिनबाट सानो ठाउँबाट सुरु गरिएको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकलाई अहिलेको दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा विकास गर्ने सपना पुरा गर्नलाई रतनकुमारलाई एक दशक लागेको छ ।

दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपेका हुन् । डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् । सस्तो मुल्यमा सेवा दिईरहेका उनले असहायलाई पुरै निशुल्क गर्दै आएका छन् ।

सुदूरपश्चिममा दन्त सेवा सुरु गर्ने रतन कुमार  
वझाङमा जन्मिएर बाल्यकालका धेरै बर्ष भारतमै विताएका रतनकुमार हजुरबुबाको सल्लाहले धनगढी फर्किएका थिए । हजुर बुबाको सल्लाहलाई मान्दा उनको दुःखद जीवन सुखदमा बदलिएको छ । अभावै अभावको जीवनले कोल्टो फेरेको छ । दुखद दिनका सुनौला किरणहरु पनि छरिरहेका छन् ।

दुःखबाट उब्जिएर भाग्यले ठोकिदैं हिमालयन गौरीशंकर सञ्चालनमा ल्याएको उनको भोगाई छ । त्यही भोगाईले नै सफलतातिर डोर्याउँदा उनी एकदमै खुशी छन् । आठ जनाको परिवारलाई डेन्टल क्लिनिकबाट नै मज्जाले पालिरहेका छन् । त्यही भएर डेन्टल क्षेत्रमै केही गरौं भनेर अगाडी बढिरहेका छन् । लगानी थपिरहेका छन् । विशेषज्ञ सेवाहरु थपिरहेका छन् । 

6

उनी धनगढी आउँदा र अहिलेको अवस्था  उनी आकाश पातालको  फरक जस्तै लाग्छ । सुरुवातका दिनमा दाँतको उपचार थिएन् । परामर्शका लागि नै सकस थियो । सम्झाउन नै घण्टौं लाग्थ्यो । तर अहिले दाँतको उपचारका लागि आउनेहरु मानसिकता बनाएर आएका हुन्छन् । परामर्शको आवश्यकता छैन् ।  डेन्टल क्लिनिक सञ्चालन गरेर नै घरका जेठो छोरा रतनकुमारले भाईलाई विडिएस पढाएका छन् 

5

माईलो भाई दिल्लीमा सफ्ट ईन्जिनियर गरिरहेका छन् । १२ बर्ष अघि विमला चौधरीसँग विवाह गरेका उनका ११ बर्षीय छोरा छन् । अहिलेको अवस्थामा आईपुग्दा विगतमा गरेको दुःख र पिडालाई नै उनले अहिलेको सफलताको पाठ ठानेका छन् । रतनकुमार सामाजिक काममा पनि संग्लन रहदै आएका छन् । लायन्स क्लबमा आबद्ध रहेका उनले सामाजिक कामहरुमा पनि सहयोग गर्दै आएका छन् । छोराको जन्मदिनमा विभिन्न संघ संस्थाहरुमा सहयोग तथा दान दिदैं आएका छन् । 

1

२०३७ जनामा बझाङको छविस पाथेभरा गाउँपालिकामा जन्मिएका उनी १८ बर्षकै उमेरमा भारत हानिए । बुबा शंकर र आमा मथुरासँगै उपचारका लागि दिल्ली पुगेका उनी आठ बर्षसम्म दिल्लीमै विताए । बुबाको उपचार भएपछि अवस्था पनि नाजुक थियो । राम्रो उपचार गर्नका लागि पैसा पनि थिएन् । त्यहीवेला आमालाई हेरचाहमा राखेर उनी कामतिर लागे ।

3

हजुर बुबा रोजगारीका लागि उतै भारतमै थिए । हजुर बुबाले काम खोजी दिए । दिल्लीको आकाश ईन्सिच्युटमा काम पाए । त्यहाँबाट फुर्सदको समयमा गाडी धोए । दिनमा तीस चालिस गाडीहरु धुने गरेको उनलाई अझैसम्म स्मरण छ । आकाश ईन्सिच्युटमा काम गर्दागर्दै उनको परिचय मौलादा आजाद मेडिकल कलेजका सञ्चालकका छोरासँग भेट भयो । त्यही भेटपछि उनले मेडिकल कलेजमा पढाई पनि थाले ।

4

पढाईसँगै उनले दक्षिण दिल्लीमा रहेको अग्रवाल डेन्टल हस्पिटलमा काम थाले । त्यहाँको आठ बर्षको बसाईपछि उनका हजुर बुबाले नेपालमै फर्केर केही गर्न सुझाव दिए । त्यसपछि उनले धनगढी फर्केर हिमालयन गौरीशंकर डेन्टल क्लिनिक खोले । त्यही क्लिनिक सुरु गरेको डेढ दशकपछि अस्पतालको रुपमा अगाडी बढिरहेका छन् रतनकुमार एसके ।