धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालन
2021/12/03, 12:08
 
dd

धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालनमा आउने भएको छ। धनगढीको हसनपुरमा १५ शय्याको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आउने भएको हो।

अर्थोप्लाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको जस्तै गुणस्तरीय सेवा धनगढीमै दिन फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आउन लागेको सेन्टरका निर्देशक डा.अशोक रिमालले बताए। उनका अनुसार उक्त सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धी उपचार तथा परामर्श, स्पिच थेरापी, पेड्रयाट्रीक फिजियोथेरापी तथा खेलाडीहरुका लागि स्पोर्ट्स रिहाब्लिटेशन सेवा दिइने छ।

अस्पताल मसिंर २७ गतेदेखि सञ्चालनमा आउने रिमालले बताए। उनले दैनिक कम्तीमा ५० जनाको उपचार गर्ने लक्ष्य लिइएको बताए। अस्पतालमा जनरल वार्डसंगै क्याविनको समेत व्यवस्था रहेको छ। बालबालीकाहरुका लागि पनि छुट्टै कक्ष बनाइएको छ। डा. रिमालले थेरापीका लागि अब सुदूरपश्चिमबासीले काठमाडौँ लगायत अन्य ठाउँ जान नपर्ने दाबी गरे।