
कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ । प्रहरीले मनहरा पुल नजिक राति करीव १० ः ३० बजे गाडीले कुल्चिएर अन्दाजी करीव २५ वर्षका एक जनाको मृत्यु भएको जनाएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । गाडीको पांग्राले कुल्चिएका कारण अनुहार क्षतबिक्षत छ । ती युवकलाइ कुल्चिने गाडीको समेत पहिचान हुन सकेको छैन । यद्दपि अत्तरीयाबाट धनगढी आउदै गरेको गाडीले ती युवकलाई कुल्चिएको प्रहरी अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले मृतकको पहिचानका लागि प्रयास जारी रहेको र गाडीको पनि खोजी तिब्र पारिएको बताए । मृतकको साथमा व्याग रहेको र व्यागसंगै रक्सीको बोतल समेत बरामद भएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36