
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ। एक हजार १७ मतदाता रहेको मतदानमा २३ जना अनुपस्थित थिए ।

राति ९ बजेदेखि कैलाली काँग्रेसको पार्टी कार्यालयमा मत गणना हुने कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।
संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36