सुदूरपश्चिम प्रदेशका कुनै जिल्ला कोरोना संक्रमणबाट अछुतो छैनन् 
2020/06/17, 10:40
 
korona

नेपालमा गत माघको पहिलो हप्ता पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो संक्रमित देखिएका थिए । कोरोना सातै प्रदेशका ७३ जिल्लामा फैलिसकेको अवस्थामा यसबाट सुदूरपश्चिमको कुनै पनि जिल्ला अछुतो रहन सकेको छैन् । पछिल्लो २६ दिनमा मात्रै ३४२ जनामा कोरोना पुष्टि भएको छ । जेठ ९ गतेदेखि हालसम्म उनीहरुमा कोरोना पुष्टि भएको हो । त्यसमा हालसम्म ७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये केही कोरोनालाई जितेर र अधिकांश कुनै लक्ष्मण नदेखिएपछि घर पठाईएका हुन् । 

मंगलवार मात्रै सुदुरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि भयो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ । सोमवार सवैभन्दा वढी एकै दिन ६८ जनामा कोरोना पुष्टि भएको बताईए पनि दुई जना अछामका संक्रमितको भने दोस्रो पटक परीक्षण गरिएकाले ६६ जना मात्रै नयाँ संक्रमित थिए । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय तीन जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २०, बाजुराका २१, बझाङमा १५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ७२ जना घर फर्किसकेका छन । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय २१, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमका ७४ जना संक्रमित डिस्चार्ज
सुदूरपश्चिममा पहिलो संक्रमित फेला परेको झण्डै तीन महिनामा ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सार्वजनिक ७४ जना संक्रमितलाई डिस्चार्ज गरीएको जानकारी दिए । कैलालीका २८, डोटीबाट २०, कञ्चनपुरबाट ७, बैतडी र डडेल्धुराबाट छ छ, अछामबाट ४, दार्चुलाबाट दुई र बझाङ जिल्लाबाट एक जना संक्रमितलाई डिस्चार्ज गरीएको कार्कीले बताए ।  यस्तै दुई सय ७० जना संक्रमितको भने सुदूरपश्चिमकै विभिन्न अस्पताल र क्वारेन्टिनमा उपचार भईरहेको छ भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ ।

स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङमा ७४ जनाले कोरोना जितेको उल्लेख गरेको छ तर अधिकांशले भने कोरोना जित्न बाँकी छ । कैलाली र कञ्चनपुरका ९ जना र डडेल्धुरा, बैतडी र दार्चुलाका संक्रमितले कोरोना जितेपनि अन्यलाई भने १४ दिन अस्पतालमा राखेर कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरीएको हो । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छैन् । कोरोना ठिक नहुँदै डिस्चार्ज गरिन थालेपछि गाउँगाउँमा त्रास फैलिएको छ ।