
धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका २ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन्।

उनीहरुलाई धनगढी उपमहानगरपालिका ३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले बताए। दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने उनले बताए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30