
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिसका लागि आवश्यक जनशक्ति पठाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासमक्ष आग्रह गरिएको छ। अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी ९बोक्सर०ले मन्त्री खतिवडासँग छलफल गर्दै ध्यानाकर्षण गराएको बताएका छन्।

अस्पतालमा मेशिन, उपकरण जडान एवं नयाँ भवन समेत तयार भइसकेको छ। डायलासिस सम्बन्धी सुविधाका लागि अन्य सबै पूर्वाधार तयार भइसकेकाले अब दक्ष जनशक्तिको मात्रै अभाव रहेको जोशीले बताए।
कोरोना भाइरसको महामारी सुरु भएयता जोशीकै नेतृत्वमा महाकाली प्रादेशिक अस्पतालमा शय्या थप, अक्सिजन बेडलगायत विभिन्न किसिमका सुविधाहरू थपिएका छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 8:16
2022/04/19, 3:48
2023/09/27, 12:26
2020/09/02, 4:57