डोटीमा क्वारेन्टाइनबाट घर गएका १४ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ । शिखर नगरपालिका–३ मा रहेको क्वारेन्टाइनबाट घर फर्केको चार दिनपछि उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो ।
खर नगरपालिका–३ मा रहेको अमरज्योति आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा एक २५ पुरुषलाई कोरोना पुष्टि भएको थियो । उनलाई पोजिटिभ देखिएसँगै कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा सँगै क्वारेन्टाइनमा बसेका अन्य २९ जनाको जेठ २० गते स्वाब संकलन गरिएको थियो । तर उनीहरुको स्वाब संकलन गरेपनि रिपोर्ट नआउँदै जेठ ३० गते घर पठाइएको थियो ।
उनको रिपोर्ट १४ दिनपछि अर्थात असार १ गते मात्र आएको हो । घर गएका उनीहरुमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँमा त्रास फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले १९ दिन क्वारेन्टाइनमा बसेका व्यक्ती घर फर्किएपछि कोरोना रिपोर्ट पोजिटिभ आएको बताए ।
‘रिपोर्ट ढिलो गरी आउँदा उनीहरु घर गएका छन । उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न सल्लाह दिइएको छ,’ उनले भने, ‘बिहीबार संक्रमितको कन्ट्याक्टमा आएका व्यक्तीको स्वाब संकलनका लागि स्वास्थ्यको टोली गाउँ जाने भएको छ ।’