कैलाली ढ्याम्चे पानीका हरि सिंहलाई उनको गाउँंमा मोटर बाटो, बिजुली, खानेपानीमात्र होइन केबुलकार नै बन्ने सपना बांडिएको छ । त्यसैले उनी खुशी छन् । चूरेको कम्पासेधुरादेखि सिधै गोदावरीसम्म चन्द्रागिरी केवुलकार बनाउने चन्द्र ढकालले केबुलकार बनाउने भन्ने उनले सुनेका छन ।
चुरेमा रहेको पुरानो मानव वस्ती ढ्याम्चे पानी आसपासमा विगतको केही वर्षमा आधादर्जन अरु गाउं बनिसकेका छन । केही वर्ष अघिसम्म हरि सिंहको गाउं ढ्याम्चे पानी, फुलवस्ती र बुढीतोलाबाहेक मानव वस्ती भेटाउन तराइको गोदावरी र ओलानीपुग्नु पथ्र्यो तर दशदयताआधादर्जन बढी वस्ती विकास भएका छन ।
चापका दिलबहादुर पनि हरिसिंह झैं खुशी छन । चुरेको सबैभन्दा पुरानो वस्ती गोदावरी नगरपािलका चापहुंदै दुई तीन वटा सडक एक साथ जोडिन थालेका छन । गाउंँमा चहलपहल बढेको छ । बाहिरबाट आउने जानेको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । जग्गा बेचबिखन पनि हुन थालेको छ ।
तराईका साहु महाजन नेता कर्मचारीहरु पनि चुरेको यो पुरानो मानव वस्तीमा जग्गाखरिद गर्न इच्छुक देखिएका छन । दैनिकजसो मोटर गाडी लिएर आइपुग्नेको संख्या दिनहँुं वृद्धिहुंदै गएको छ । ‘यो ठाउंँका दिन फेरिएला भनेर सोचेको थिएन’, दिलबहादुरले भने ‘अबकेही हुन्छ भन्ने आशा जागेको छ ।’
सडक बिजुली बत्ती, विकास निर्माणका नाममा के भइरहेको छ भन्ने हेक्का सिधासाधा दिलबहादुर र हरिसिंहहरुलाई जानकारी छैन । उनीहरु जस्ता चुरेका रैथानेहरुलाई देखाइएका मीठा सपनासंगै चुरेमा विनास लिला सुरु भएको छ । चुरेका पुराना गाउंँ जोड्ने निहुंमा बनिरहेका दर्जनौं सडकले अतिक्रमण तीव्र भएको छ । यी दुई गाउँं मात्र होइन कैलालीको चिसापानी देखि कंचनपुरको कवानीसम्म फैलिएको सुदूरपश्चिमको चुरे क्षेत्रमा पछिल्लो समय चहलपहल बढेको छ । चिसापानीदेखि कवानीसम्म एक दशक अघिसम्म डेढ दर्जन बढी गाउँं थिए ।
अहिले यो संख्या बढेर ५ दर्जन बढी पुगेको छ । मानव बस्ती मात्र बनेन योसंगै चुरेको भुगोलमा एक दर्जन ठूला र ४ दर्जन बढी विभिन्न गाउँ जोड्ने सडक पनि धमाधम निर्माण भइरहेका छन । सडक निर्माण गर्ने निहुंमा जंगल पनि फांडिन थालेको छ । भने सडक छेउमा नयाँ नयाँ गाउँ जन्मिरहेका छन । विकास निर्माणका नाममा समग्र सुदूर पश्चिमको चुरे क्षेत्र संकटमा परेको छ ।
वन सव डिभिजन कार्यालय देखि जम्मा ३ सय मिटरको दुरीमा सडक निर्माण गर्ने निहुंमा गोलावारी सामुदायिक वन क्षेत्रमा अतिक्रमण भयो । आवश्यकता नै नभएको ठाउँंमा सडक बनाउने निहुंमा वन क्षेत्र अतिक्रमणका लागि प्रधानमन्त्री स्वरोजगार योजनाको रकम पनि विनियोजित भयो । विवाद भएपछि कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष सहितका जनप्रतिनिधि आए । उनीहरुले वन क्षेत्र मिचेर जग्गा अतिक्रमण गर्ने उद्देश्यले बन्न थालेको सडकलाई वैधानिकता दिए । एक दिन अघि अतिक्रमण हटाउने योजनामा रहेको वाणी सव डिभिजन वनकार्यालयका कर्मचारी हेरेको हेर्यै भए । यो चुरेसंग जोडिएको कंचनपुरको कृष्णपुर नगरपालिका २ वाणीको घटना हो ।
४ वर्षदेखि निर्माणधिन रहेको बंक नायल सडकमा वनले कटानका लागि छपान गरेका रुख छोडेर निर्माण कम्पनीले छानी छानी राम्रा सालका रुख काटेर सडक अघि बढाए । चुरेको दोमिल्ला क्षेत्रमाथि सडक निर्माण गर्दा सर्भे भन्दापनि जहाँ रुख छन त्यतैबाट सडकको ट्रयाक खोलिएको छ । त्यो क्रम अहिले पनि जारी रहेको स्थानीयको गुनासो छ ।
पछि विवाद आउन थालेपछि छपान भएका रुख पनि काटिए । सरोकारवाला निकायले जानकारी पाएपनि यस बिषयमा कुनै चासो नराखेको गुनासो स्थानीयको छ । २० किलोमिटरको दूरीमा कैलालीका २ ठाउँ र कंचनपुरका चार ठाउँबाट चुरे जोड्ने नयाँ सडक निर्माण भइरहेका छन । हरेक सडकको कथा बंक नायल सडक जस्तै रहेको छ ।
यी पनि उदाहरण मात्र हुन । चुरेसंग सिधै जोडिएको तराईका भूभागमा वन फडानी र अतिक्रमण सरकारी संरक्षणमा नै जारी छ भने चुरेमा अतिक्रमणसंगै वन फडानी गरेर हरेक दिन नयाँ मानव बस्ति निर्माण हुनथालेपछि सुदूरको चूरे क्षेत्र विनासको चरम संकट झेलिरहेको छ । ‘१ लाख ९६ हजार हेक्टर क्षेत्रफल रहेको सुदूरपश्चिमको चूरे क्षेत्र संकटमा छ’ लामो समय चूरे क्षेत्रमा संरक्षण कार्यक्रम चलाएका वरिष्ठ भूसंरक्षणविद डम्वर थापा भन्छन ‘चूरे मात्रहोइनयसको दीर्घकालीन असरका रुपमा तराईको मरुभूमीकरण सुरु भइसकेको छ ।’
अविलम्व चूरे क्षेत्रको संरक्षणका लागि काम नगर्ने हो भने केही वर्षमा यसको गम्भीर परिणाम सुरु हुने संरक्षणविद थापाले बताए । उनले भने ‘कैलालाी र कंचनपुरका उब्जाउ फांटहरु बगरमा परिणत हुन एक दशक बढी कुर्नु पर्दैन ।’
संरक्षणविद थापाले भने जस्तै चुरबाट बग्ने सबै नदीहरुको सतह उब्जाउ जमिन र मानव वस्ती भन्दा उचाइमा बग्न सुरु भइसकेको छ । चुरेमा वस्ती विकास संगै वनस्रोतको व्यापक दोहनले हरेक वर्षको बर्षातमा त्यस क्षेत्रमा ठूलाठूला पहिरा जाने क्रम वढेको छ । मानववस्ती बाहेक जंगल क्षेत्रमा पनि यस्ता ठूला ठूला पहिराले चुरे जताततै क्षतबिक्षतभ एको देख्न सकिन्छ ।
‘सबैभन्दा वढी कैलाली र कंचनपुरमा चुरे क्षेत्र अतिक्रमण भएको छ’ संरक्षणका क्षेत्रमा काम गरिरहेका वन विभागका पूर्व अधिकृत धर्मबहादुर चन्द भन्छन ‘वडा अध्यक्षदेखि प्रदेश र संघीय सरकारका मन्त्रीसम्मका व्यक्तिहरुले अतिक्रमणलाई संरक्षण दिइरहेकाले चुरेको अतिक्रमण र फडानी संस्थागत जस्तो भएको छ ।’
तल्लो तहका वनकर्मीले अतिक्रमण र फडानी रोक्न खोजे उनीहरुले दण्डित हुनुपर्ने अवस्था देखिएको उनले बताए । पछिल्लो समय कैलालीमा सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमसो लगाउने काम यसै कडिको पछिल्लो उदाहरण हो चन्दले भने ‘पण्डितले फडानी, अतिक्रमण रोक्ने प्रयास गरे वाफत सजाय पाएका हुन ।’ चुरेमा फडानी र अतिक्रमण संगसंगै सुरु भएको छ । भू माफियाहरुले चुरेका प्राचिन गाउँहरुलाई आधार बनाएर अतिक्रमण सुरु गरेका छन भने जथाभावी निर्माण भएका सडकले चुरेमा रहेको जंगलमा व्यापक फडानी सुरु भएको देखिएको छ । घांडीघांच क्षेत्रमा खुलेका सयौं स मिल, फर्निचर उद्योगहरु च्ुरे फडानीका प्रमाण हुन ।
‘प्रदेश सरकारका मन्त्री, माननीय र वनविभागका ठूला ठूलाअधिकारीहरुको संञ्जाल नै चुरे सिद्धाउनेमा लागेका छन’ संरक्षणका क्षेत्रमा कार्यरत संस्था मेड्सका प्रमुख हरि खतिवडाले भने ‘संचार माध्यममा वन फडानी र अतिक्रमणको सामाचार आउने बित्तिकै प्रदेशको वन वातावरण सम्बन्धीको समिति सामाचार प्रकाशित भएको दोस्रो दिन पुग्छ र तस्करहरुलाई संरक्षण दिने गरि प्रतिवेदन बनाउने गर्छ ।’ चूरेसंग जोडिएको लालझाडी वन फडानी प्रकरणमा स्थानीयले पनि यस्तै गुनासो गरेका छन । उनले भने ‘संचारमाध्यममा सामाचार आएको दोस्रो दिन नै समिति पुगेर तस्कर, फडानीमा संलग्न सामुदायिक वनका पदाधिकारी र वनकर्मी लिएर अनुगमन गर्ने नाउंमा संचार माध्यमलाई सूचनादिनेलाई धम्काएर फर्कियो ।’ समितिले अनुगमन गरेको केहि दिनमा संचार माध्यमलाई जानकारी दिने महिलामाथि कुटपीट समेत भयो ।
‘चुरे विनासले निम्त्याउने मानवीय संकट धेरै नजिक पुगेको अनुभूति भइरहेको छ’ सरकारले बनाएको चुरे क्षेत्र संरक्षण गुरु योजना पुनरावलोकन समितिका सदस्य डा जगन्नाथजोशीले भने ‘चुरे मात्र होइन यसलाई तराईसंग जोडेर समस्या समाधानको खोजी गरिनु पर्ने समय आइसकेको छ ।’ सरकारले यसको अध्ययनका लागि बनाएको टोलीले आफ्नो काम सुरु गरिरहेको पनि डा जोशीले जानकारी दिए ।
‘चुरेकोे प्राकृतिक स्वरुपलाई चलाउने बित्तिकै यसको भित्रि भौगोलिकता खलबलिने भएकाले समस्या गम्भीर भएको छ’ डा जोशीले भने ‘२०७४ मा बनेको चुरे संरक्षणको गुरु योजना यस पटक पुनरावलोकनका लागि भइरहेकोले अध्ययनले यसको संरक्षणका लागि आवश्यक नीति बनाउने छ ।’
सरकारले विगतमा गठन गरेको चूरे तराई मधेश संरक्षण विकास समिति गठन गरेर काम सुरु गरेपनि त्यो समितिले कुनै उल्लेख्य काम गर्न सकेको देखिएको छैन । सरकारले मेचीदेखि महाकालीसम्म पाँच वटा क्लष्टर बनाएर संरक्षणको काम सुरु गरेको थियो । तर राजनैतिक कारणले गर्दा यो समितिपनि औपचारिकतामामात्र सीमित देखिएको छ । देशको कुल भूभागमध्ये २६ प्रतिशतभन्दा बढी भूभागमा प्रत्यक्ष असर गर्ने चुरे क्षेत्रमा राजनैतिक संरक्षणमा भइरहेको अतिक्रमण, वस्ती विकास र वन फडानी रोक्न नसक्ने हो भने यसको असर केही वर्षमा तराई मरुभूमीकरण हुने विज्ञहरुले चेतावनीपनि दिएका छन ।