धारामा कोरोना प्रभावित नआउन भन्दै छोडेको करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु
2020/06/20, 7:36
 
doti

डोटीको आदर्श गाउँपालिका वडा नं. ७ मा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । कोरोना प्रभावित व्यक्तिहरु धारामा नुहाउन आउन भन्दै स्थानीयले
पानी ट्यांकीमा छोडेको करेन्ट लागेर आदर्श वडा नं. ७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षिय श्रीमती तुल्सी थापा बाघको धारामा नुहाउन जाँदा करेन्ट लागेर मृत्यु भएको स्थानीय गणेश बिष्टले जानकारी दिएका छन् ।

सोही ठाउँका स्थानीय युवा १९ वर्षिय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीयले बताएका छन् । गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोनाको संक्रमीत भएका व्यक्ति पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन ।

करेन्ट छोड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्र मल्लले बताए ।

घरबाट बिजुलीको तार र धाराको ग्याबिन जालीको तार जोडेर धारामा समेत करेन्ट प्रवाह भएको थियो । मृतक महिला स्थानीय विद्यालयमा बाल बिकास सहयोगी कार्यकर्ता पनि रहेको जनाईएको छ ।