नगर प्रमुख वडद्धारा धनगढी बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन
2022/03/29, 3:45
 
da

धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबार भवनको सिलन्यास गरेका हुन । भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको थियो । भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए ।

भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुने गरेको हो । सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी धनगढी बहुप्राविधिक शिक्षालय मात्रै भएको बताईएको छ ।

कतिपयले बाटोघाटोलाई मात्रै विकास भनेर अर्थाउने गरेका छन् नगर प्रमुख वडले भने, ‘हामीले पूर्वाधारका साथै सामाजिक, वातावरणीय, पर्यटकिय, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा काम गरेका छौं । कोभिडको महामारीका बिचमा पनि धनगढी उप–महानगरपालिकाले थुप्रै उपलब्धीमूलक काम गरेको नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिकाका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले धनगढी बहुप्राविधिक शिक्षालयले न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताए । धनगढी बहुप्राविधिक शिक्षालयले अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातका अतिरिक्त छोटो समयका निशुल्क सिपमूलक तालिम संचालन गर्दै आईरहेको छ वडा अध्यक्ष पातलीले भने , ‘ हाम्रो उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’

धनगढी बहुप्राविधिक शिक्षालय संचालन समितिका सदस्य पदम सिंह कुँवरले धनगढी बहुप्राविधिक शिक्षालय उप–महानगरपालिकाको ड्रिम प्रोजेक्ट भएको बताए । उनले भने, एकै पटक सबै कुरा पुरा नहोला तर यो उपलब्धीमूलक कामको सुरुवात भएको छ ।

धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।