
डोटीमा धारामा छाडिएको करेन्ट लागेर महिलाको मृत्यु भएपछि एक जना युवक पक्राउ परेका छन् । शनिबार जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएपछि सोही ठाउँका १९ वर्षीय सुरज किमाडीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर मल्लले किमाडीले आफ्नो घर नजिकै रहेको पानीको धारामा कोरोना संक्रमित आउने भन्दै करेन्ट छाडेको पाईएपछि उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिए ।
किमाडीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07