
डोटीमा कार्यरत प्रहरी निरिक्षक सहितका दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक नृपबहादुर बोहरा सहितका दुई जना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको हो ।

बोहराले अवैध काठ तस्करीमा भ्रष्टाचार गरेको दावी अख्तियारको छ । केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद र प्रहरी निरिक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए ।
उनीहरुबाट ६१ हजार २० रुपैँया बिगो माग दावी पनि गरिएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38