डोटीमा ट्र्याक्टर दुर्घटना, धनगढीका चालकको मृत्यु 
2022/05/01, 12:26
 
dd

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका-१ मा से१त ९२६४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा ट्र्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका(१ का ३६ वर्षीय प्रेमकुमार कठरीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

त्यस्तै, ट्र्याक्टरमा सवार शिखर-२ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ।