डोटीमा प्रचारमा हिडेका माओवादी उम्मेदवारको दम्पत्ति बदेलको आक्रमणबाट घाइते
2022/05/02, 4:40

डोटीमा बदेलको आक्रमणबाट दुइजना घाइते भएका छन्। सोमबार जिल्लाको जोरायल गाउँपालिकास्थित पत्तडामा चुनावी प्रचारप्रसारका क्रममा उनीहरुमाथि बदेलले आक्रमण गरेको हो।

प्रहरीका अनुसार पत्तडा गाउँमा मत माग्न जाने क्रममा नेकपा माओवादी केन्द्रबाट वडा महिला सदस्यकी उम्मेदवार शान्ति चुनाराको दम्पत्तिमाथि जंगली बदेलले आक्रमण गरेको हो।
आक्रमणबाट शान्ति र उनका श्रीमान केशब चुनारा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57