
बैतडी—धनगढी उडान फेरि रोकिएको छ। चैतको पहिलो सातातिर भएको उडान त्यसपछि हुन सकेको छैन। बैतडीबाट धनगढी समिट एअरले उडान भर्दै आएको छ। उडान रोकिएको ३ महिना भइसक्दासमेत अब कहिले उडान हुने भन्ने टुंगो छैन।

सुरुवातमा शुक्रबार उडान भर्दै आएको समिट एअरले केही समयअघिबाट बिहीबार उडान गर्दै आएको थियो । साताको एक दिन मात्र उडान हुने गरेको थियो। यात्रु नभएकोले उडान गर्न नसकिएको बैतडी पाटन विमानस्थल हेर्ने समिट एअरका कृष्ण भट्टले बताए। यात्रु भएपछि उडान गर्न सकिने उनले बताए। अन्तिम उडान हुॅदासम्म ४ हजार ६ सय भएको भाडा अहिले फेरि बढेको छ। अब ५ हजारमा मात्र उडान भर्न सकिने अवस्था रहेको भट्टले बताए।
यता स्थानीय भने भाडा महँगो भएकोले यात्रुहरू नपाइने समस्या रहेको बताउँछन्। बढी भाडाकै कारण आफूहरूले हवाई सुविधा लिन नपाएको उनीहरूको गुनासो छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08