सुदूरपश्चिममा अझै ४० प्रतिशत पाठ्यपुस्तक अभाव
2022/07/07, 4:01
 
ss

शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसके पनि सुदूरपश्चिमका धेरै विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन्। यो प्रदेशका लागि आवश्यक पर्ने २० लाख पाठ्यपुस्तकको ४० प्रतिशत अझै अभाव रहेको पुस्तक व्यवसायीहरूले बताएका छन् । जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढीले समयमै पाठ्यपुस्तक ल्याउन नसक्दा प्रदेशका विद्यार्थीहरूको पढाइमा समेत असर परेको उनीहरूको भनाइ छ । 

जनक शिक्षाले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गर्ने गरेको व्यवसायीहरुले आरोप समेत लगाए । सुदूरपश्चिमको लागि लोड गर्नुपर्ने पाठ्यपुस्तक जनक शिक्षाले अन्यत्रै पठाउने गरेको उनीहरूको भनाई थियो । उनीहरूले सुदूरपश्चिममा समयमै पाठ्यपुस्तकको व्यवस्थापन गर्नुपर्ने माग गर्दै बुधबार जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी समेत गरेका छन् ।

कैलालीको लम्कीका व्यापारी टुर्जबहादुर बोगटीले  जनक शिक्षाले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गर्ने गरेको बताए । उनले किताब नगएको क्षेत्रमा कालोबजारीमा पुस्तक बिक्री हुने गरेको   बताए ।

‘जनक शिक्षा सामग्रीले सुदूरपश्चिमलाई सौतेनी व्यवहार गरेको छ’, उनले भने, ‘वितरण प्रणाली पनि चुस्त छैन । मेरो लम्की क्षेत्रमा कक्षा ९ को अङ्ग्रेजीको मूल्य एक सय ३९ थियो, त्यो २ सयमा बिक्री भएको हुँदैछ। हामी व्यापारीले किताब पाएका छैनौ । तर किताब नगएको क्षेत्रमा कालोबजारीमा पुस्तक बिक्री हुने गरेको छ ।’

यस्तै अछामका पुस्तक व्यापारी टेकबहादुर शाहले पनि जिल्लामा प्रत्येक वर्ष पाठ्यक्रमको अभाव हुने गरेको बताए । ‘जनक शिक्षा सामाग्रीको लापरबाहीले जिल्लामा अहिले पनि ४० प्रतिशत पाठ्यपुस्तक अभाव छ’, उनले भने,‘गत वर्ष पनि यो अवस्था सिर्जना भएको थियो । असार मसान्त सम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । हामी व्यापारी र विद्यालयका प्रधानाध्यापक बिच समेत तिक्तता बढेको छ ।’ 

जनक शिक्षा सामाग्रीले कहिले कागजको समस्या देखाउने, कमिसनको बाहाना देखाउने कार्यले यो समस्या उत्पन्न भएको हो बताउँदै उनले समयमै विद्यार्थीले पाठ्य पुस्तक नपाउँदा विद्यार्थीको शैक्षिक स्तर समेत खसकिने बताए । 

यस्तै कञ्चनपुरको पुनर्वासका पुस्तक व्यापारी भूपेन्द्र अधिकारीले  जिल्लामा पुस्तकको कालोबजारी बढेको बताए । ४० हजार पुस्तकको डिमाण्ड भएपनि जिल्लामा एकरदुई हजार आउने गरेको गुनासो गरे । 

‘४० हजार पुस्तकको डिमाण्ड छ भने जिल्लामा एकरदुई हजार आउने गरेको छ, उनले भने ‘स्कुलमा हामीले पाठ्यपुस्तक पु¥याउन सकिरहेका छैनौँ, सूचीकरण भएको पुस्तक व्यवसायीका हातमा पुस्तक पुगेको छैन ।  तर केही व्यापारीहरूले बाइकमा एक दुई पिस बिक्री गर्दैछन, यो कसरी आयो रु

उनले  पुस्तक लिन आउँदा त्यो दिन बिलिङ भएको छैन भन्दै अर्को दिन लिन आउन भनेर फर्काउने तर त्यो दिन पनि पुस्तक नदिने गरेको बताए । 

‘हामीलाई शनिबार बिलिङ हुदैन । आइतबार आउँ भन्ने गरेको छ तर दोस्रो दिन जाँदा पुस्तक सकियो भनेर रितै हात पठाउँछ । कञ्चनपुरमा कक्षा ८ को अङ्ग्रेजी र नेपाली पुस्तक पुस्तक व्यापारीको हातमा पुगेको छैन । तर बजारमा त्यही पुस्तक कक्षा ८ को नेपालीलाई ९२ रुपैयाँ पर्छ तर यहाँ १२० रुपैयाँमा बेरिचहका छन । यो कसरी भयो यस विषयमा छानबिन हुर्नुपर्छ’,उनले भने । 

पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ,सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष मेखराज दाहालले भने आफूहरूले माग गरेको भन्दा निकै कम पठाउने गरेको बताए । विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक नभएसम्म जनक शिक्षा सामाग्रीबाट पुस्तक नउठाउने उनले बताए । 

‘हामीलाई अब प्रदेशमा ४० प्रतिशत पाठ्यपुस्तक आवश्यक हो । हामीले माग गरेको भन्दा निकै कम पाठ्यपुस्तकहरू पठाउने गरेका छन् । जसका कारण हामीले समयमै  विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगाउन नसकेको अवस्था हो’, उनले भने,‘अब हामीले विद्यार्थीहरुलाई चाहिने पाठ्यपुस्तक नभएसम्म हामीले यहाँबाट पाठ्यपुस्तक नउठाउने निर्णय गरेका छौ ।’

यस्तै उनले माग अनुसारको पाठ्यपुस्तक समयमै दिन सकेपछि आफूहरूको आन्दोलन जारी रहने बताए । यता जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्रकुमार आर्चायले सुदूरपश्चिममा मागको आधारमा पाठ्यक्रम पठाउने गरिएको दाबी गरे । उनले आइतबारसम्म यहाँको माग पूरा गर्ने आश्वासन दिए ।