आर्थिक वर्ष २०७७/७८ मा कञ्चनपुरका नौ स्थानीय तहमा ३१ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ ।
जिल्लाको सबैभन्दा बढी बेरुजु रकम भिभदत्त नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा १० करोड २४ लाख १० हजार रुपैंया बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम बेल्डाँडी गाउँपालिकामा ४८ लाख ८७ हजार रुपैंया बेरुजु देखिएको छ ।
यस्तै लालझाडी गाउँपालिकामा ५८ लाख ५६ हजार बेरुजु देखिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १ करोड २९ लाख ५८ हजार,पुनर्वास नगरपालिकामा २ करोड ३५ लाख ८१ हजार रकम बेरुजु देखिएको छ ।
यस्तै दोधारा चाँदनी नगरपालिकामा ३ करोड १२ लाख ३५ हजार, बेदकोट नगरपालिकामा ३ करोड ८३ लाख ६३ हजार, बेलौरी नगरपालिकामा ३ करोड ९८ लाख ५६ हजार रकम बेरुजु देखिएको छ । यस्तै कृष्णपुर नगरपालिकामा ५ करोड २३ लाख ६८ हजार बेरुजु देखिएको छ ।