कैलालीमा यो बर्ष ७ वटा बिओपी थपिए
2020/06/25, 7:57
 
sima

कैलाली यसबर्ष थप सात वटा स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । भारत तर्फ एक सय एक किलोमिटर सीमाना रहेको कैलाली जिल्लामा यसबर्ष थप सात वटा बिओपी स्थापना भएसंगै जिल्लामा बिओपीको संख्या १० पुगेको छ । जिल्लमा बुधवार मात्रै भजनी नगरपालिका वडा नम्वर ३ कुसुमघाटमा बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बला नेपाल नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राज्य र संगठनले सुम्पेको दायित्व बिगतदेखि नै सशस्त्र प्रहरी बलले ब्यवसायिक ढंगले सम्पादन गर्दै आईरहेको बताए । उनले सीमा सुरक्षाको गहन जिम्मेवारीलाई अनुशासित एबं कर्तब्यनिष्ठ भई सम्पादन गर्न निर्देशन दिए। सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले सीमा अपराध एबं अन्य गैह्कानूनी क्रियाकलाप रोकथाम तथा नियन्त्रणको लागी कैलाली जिल्लाको सीमानामा खटिएका राष्ट्रसेवकहरुद्धारा अहम भूमिका निर्वाह भएको बताए ।

यसअघि कैलालीमा ६ स्थानमा बिओपी स्थापना भईसकेको छ। भुईयाँफाटा, बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलंका टापुमा बिओपी स्थापना भईसकेको थियो ।