धनगढीको जुगेडामा किराना पसल राखेका दिनेशका साथबाट प्रहरीले बरामद गर्यो १ किलो चरेस
2022/08/22, 12:48

धनगढी – धनगढीमा लागु औषधसहित एक व्यापारी पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले समातेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जय पृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन् ।
सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो । त्यसपछि उनले लुकाइछिपाई राखेको १ किलो ग्राम लागु औषध (चरेस) फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताइएको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27