जबरजस्ती करणीको मुद्दामा १० वर्ष सजाय पाएका कैदीको सेती अस्पतालमा मृत्यु
2022/08/23, 2:09

धनगढी – धनगढीको सेती अस्पतालमा जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मङ्गलसेन नगरपालिका–५ का बेदराज भाट उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटविरुद्ध १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44