
धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट १० जना जुवा खेलाडी पक्राउ परेका छन् । सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। पक्राउ परेकाहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताइएको छ। उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27