सुदूरपश्चिम प्रदेशमा २३५३ हराए, १९४५ को स्थिति अज्ञात
2020/06/25, 5:20
 
korona

सुदूरपश्चिममा २३५३ जना हराएका छन् । सुदुरपश्चिम प्रदेशमा आर्थिक बर्ष २०७४,०७५ देखि चालु आर्थिक बर्षको जेठसम्ममा एक हजार ५६० जना महिला र ४१ जना पुरुष, ३३० जना बालक र ४२२ जना बालिकाहरु हराएका छन । हराईएका मध्ये चार सय ८ जना फेला परेका छन् । तर अधिकांशको स्थिति थाहा हुन सकेको छैन् ।

त्यसमा एक हजार नौ सय ४५ जनाको स्थिति भने अज्ञात रहेको छ । आर्थिक बर्ष २०७४,०७५ देखि चालु आर्थिक बर्षको जेठसम्ममा २१३ जना महिला, ७ जना पुरुष, ७५ जना बालक र ११३ जना बालिकाहरु भने फेला परेका छन । हराईरहेका एक हजार ३४७ महिला, ३४ पुरुष, २५५ बालक र ३०९ जना बालिकाको भने कुनै पत्तो लाग्न सकेको छैन । 
सुदुरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४, ०७५ मा ५७५ जना महिला, ९ जना पुरुष, ९३ जना बालक र ११७ जना बालिका हराएका छन ।

सोही आर्थिक बर्षमा ७३ जना महिला, ३ जना पुरुष, २५ जना बालक र ३५ जना बालिला भने फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै आर्थिक बर्ष २०७५, ०७६ मा ५४५ महिला, ८ पुरुष,  १३१ बालक र १८६ जना बालिकाहरु हराएका छन भने ६८ महिला, ११ बालक र ४३ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

यसैगरी गरी चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा प्रदेश भरी ४४० महिला, २४ पुरुष, १०६ बालक र ११९ जना बालिका हराएका छन । सोही अवधिमा ७२ महिला, ४ पुरुष, ३९ बालक र ३५ जना वालिका फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता एसएसपी मुकेश कुमारा सिंहले हराएको जानकारी गराउने र आफै सम्पर्क अथवा फेला परेको जानकारी नगराउँदा फेला पर्नेको एकिन तथ्यांक नभएको बताए । उनले घरायसी झगडा, मानसिक तनाव, बिद्यालयको रिजल्ट र साथीभाईको संगतले गर्दा महिला तथा बालबालिकाहरु हराउने क्रम बढेको बताए । महिलाहरु प्रलोभनमा परेर बेचबिखनमा समेत परेको हुनसक्ने बताउदै प्रबक्ता सिंहले हराउने क्रम पछिल्ला आर्थिक बर्षहरुमा भन्दा केही कमी आएको बताए ।