डडेल्धुरामा मन्त्री रावलको उपस्थितिमा सुरक्षा समितिको बैठक
2022/09/08, 10:35
 
डडेल्धुरामा मन्त्री रावलको उपस्थितिमा सुरक्षा समितिको बैठक

डडेल्धुरा - बुधबार जिल्ला सुरक्षा समिति डडेल्धुराको बैठक भएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलको उपस्थितीमा सुरक्षा समितिको बैठक भएको हो।
बैठकमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लाको सुरक्षा स्थितीबारे मन्त्री रावललाई जानकारी गराएका थिए। यस्तै प्रमुख जिल्ला अधिकारी जोशीसंगै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट र सशस्त्र प्रहरी बल नम्बर ५२ गुल्म डडेल्धुराका प्रहरी नायब उपरीक्षक जनक उपाध्यायले सुरक्षा अवस्था र उपलब्ध भौतिक संरचना, स्रोत साधनको उपलब्धता लगायतका विषयमा मन्त्री रावललाई जानकारी गराएका थिए।

बैठकमा ४ मंसिरका लागि निर्धारित प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझै कडा पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। ‘मन्त्रीज्यूलाई जिल्लाको सुरक्षा अवस्था र आवश्यक भौतिक संरचना तथा स्रोत साधनको विषयमा जानकारी गराएका छौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘मन्त्रीज्यूले प्रदेश सरकारबाट सम्भव हुने सबै सहयोग गर्ने बताउनुभएको छ। बोर्डर आउट पोष्ट ९बीओपी० लगायतमा आवश्यक संरचना निर्माणका लागि पनि सहयोग गर्ने बताउनुभएको छ।’

यस्तै विपद् व्यवस्थापनका लागि खरिद गरिएका सामाग्रीको पनि मन्त्री रावलले निरीक्षण गरेका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापनका सामाग्री खरिदका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५/५ लाख बजेट दिएको थियो।