प्रहरी निरिक्षक र कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ
2020/06/25, 7:31
 
ghus

कैलालीमा प्रहरी निरिक्षक र कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले रंगेहात पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हानेर उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले बताए । जर्वजस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टले बताए ।

कानुन व्यवसायी विष्टले बिचौलियाको भूमीका खेलेको र घुस रकम बुझ्न प्रहरी निरिक्षक कार्की पनि कानुन व्यवसायीको फर्ममा गएकोे समयमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले जानकारी दिए ।