दार्चुला बाढीमा बेपत्ता १० अझैँ भेटिएनन्
पानीको बहाव नघट्दा खोजतलासमा समस्या
2022/09/11, 11:03

गत शुक्रबार राती परेको अबिरल बषौ र पहिरोका कारण दार्चुलामा ठुलो जनधनको क्षती गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी पहिरोमा परी हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन्, भने १० जनाको अवस्था अज्ञात छ । भारी बर्षाले महाकाली नदीमा पानीको बहाव बढी भएका कारण बेपत्ताहरुलाई खोजतलास गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्। यस्तै एउटा विद्यालय, विद्युत पावर हाउस, दुईवटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, १र१ कार र ट्याक्टर, जेसीबी पनि बाढीले बगाएको छ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/16, 12:15
2020/06/06, 8:55